२०८१ बैशाख २४ , सोमवार

‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक भएको छ । यो रोमान्टिक गीतमा शीर्ष कलाकार साम्राज्ञी शाह र निश्चल खड्का फिचर्ड छन् ।

दुई पात्रको प्रेमभाव साटासाट गर्ने यो गीतलाई हर्कुलस बस्नेतले कम्पोज गरेका हुन् । शब्द र स्वर पनि उनकै छ । जेठ २५ गते प्रदर्शन तयारीमा रहेको फिल्मको यो गीत मंगलबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

फिल्ममा कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद छ । एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्म्सले निर्माणमा सहकार्य गरेको छ ।