२०८१ बैशाख २३ , आइतवार

प्रभु बैंकदवरा नगद रहित भुक्तानीका लागि “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“लाई क्युआर स्ट्याण्ड उपलब्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बहुचर्चित धार्मिक स्थल कागबेनीमा बिशेष गरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसीतिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरिएको छ।

पिण्डदान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ । हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ् जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ् बासीहरुले बताए ।

मुस्ताङ् जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

यसैविच नगद रहित भुक्तानी प्रणालीमा विशेष जोडदिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजी करणका तथा सुबिधाका लागि“कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“लाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ ।