२०८१ बैशाख ३० , आइतवार

कनेक्ट आइपिएसमा XUNO को cross border Request To Ppay सेवा सुचारु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अमेरिकाको XUNO र ठमेल रेमिट मार्फत्क्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ । एनसीएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ्ग प्ल्याट्फर्म कनेक्ट आइपिएसमा थप सेवाको रुपमा सुचारु गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ्ग सोलुसन हो,जसबाट नेपालको ग्राहकहरुले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानी कर्ता व्यतिm, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएको छ ।

यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई XUNOसँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ्ग नेटवर्कमा रहेका बैंकहरुबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसीएचएल र XUNO पहिलो संस्था बनेको छ । रिभर्स रेमिटेन्स सुविधाको रुपमा रहेको यससेवा मार्फत्नेपालका लाभग्राहीहरूले संयुक्त राज्य अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्ट आइपिएस प्ल्याट्फर्म मार्फत नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

उक्त सुविधा रियल टाइमक्रस बोर्डर रेमिटको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । एनसीएचएलको NPI मा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ्ग तथा वालेटमासमेत क्रमिक रुपमा विस्तार गरिनेछ ।एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानका अनुसार, “आज, प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरूबाट भुक्तानी रियल टाइममा गर्न सकेका छैनन्, जसले गर्दा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा निकै असुविधा भइरहेको छ ।XUNO सँगकोयस साझेदारी पश्चातनेपालको भुक्तानी प्रणालीलाई विश्व बजारको भुक्तानी प्रणालीहरुसँग तथा नेपाललाई विश्वव्यापी अर्थतन्त्रमा जोडी लाभ ग्राहीहरुलाई प्रत्यक्ष रूपमा सबलीकरण गर्न सकिनेछ ।”

XUNO कोR2PXकम पठाउने र प्राप्त गर्ने बैंकहरू बीच प्रत्यक्ष रियल–टाइमकनेक्सन स्थापना गरी लाभ ग्राहीहरूले इच्छाइएको रकम, भुक्तानीको उद्देश्य र प्राप्त गर्ने बैंकको जानकारी जस्ता विवरणहरू दाखिला गरी सजिलैसँग भुक्तानीको रिक्वेस्ट पठाउन र सो बापत बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्छन् ।XUNOका संस्थापक बालकृष्ण जोशीका अनुसार, “हामी उत्कृष्ट श्रेणीको प्रविधि मार्फत् भुक्तानी तथा बैंकिङ्ग क्षेत्रमा आमुल परिवर्तन गर्न प्रतिबद्ध रहेकोमा एनसीएचएल सँगको यस सहकार्यलेहामीलाई थप उत्साहित बनाएको छ।

यो सहकार्य मार्फत हामीले नेपाललाई क्रस–बोर्डर पेमेन्टसँगै बोर्डरलेस अर्थतन्त्रमा पनि फड्को मार्न मद्दत गर्ने विश्वास लिएका छौं । हामी डिजिटलाइजेसनलाई बढ्दो रूपमा आत्मसाथ गरिरहेका छौं, र त्यसका लागि हामीले वित्तीय तथाआर्थिक उन्नतिका सम्भावनाहरूलाई प्रत्सोहान गर्नआवश्यक छ। हामी एनसीएचएल टीमको दूरदर्शी नेतृत्वको लागि र क्रस बोर्डर भुक्तानीको क्षेत्रमा गर्दै आएको योगदानका लागि बधाई दिन चाहन्छौं ।”

क्रस बोर्डर रिक्वेस्ट टु पे ले के–कसरी सहयोग गर्नेछः
. यसले ग्राहक पहिचान (केवाईसी), एन्टी–मनी लन्डरिङ्ग (एएमएल), लाभग्राहीको स्वीकृति र प्राप्त खाताहरूको अनुपालन र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्दछ।
. वित्तीय संस्थाहरू बीचको प्रत्यक्ष पहुच कायम गरीमध्यस्तकर्ताको भूमिकाकम गर्न र भुक्तानी रकम सीधै बैंक खाताबाट जम्मा हुने हुँदालागत निकै कम हुने।
.  लाभग्राहीहरूले डिजिटल माध्यमबाट भुक्तानी अनुरोध गर्न र सिधै आफ्नो बैंक खातामा रकम प्राप्त गर्ने हुँदा प्रक्रिया निकै सरल हुने । हालका लागि ग्राहकले कनेक्ट आईपिएस बाट भुक्तानी अनुरोध गर्ने व्यवस्था रहेकोमा R2PX मार्फत कुनै पनि वालेट र मोबाइल बैंकिङ्गले समेत उक्त च्द्दएह् जोड्न सक्नेछन् । भुक्तानीकर्ता र लाभग्राहीहरूले रियल टाइममा रिक्वेस्ट र भुक्तानीको स्थिति ट्रयाक गर्न सक्छन् ।
. R2PX ले युनिक प्राइमरी आइडेन्टीफायर (पीआईडी) वा भर्चुअल पेमेन्ट एड्रेस (भिपिए) प्रयोग गर्ने भएकोले रिक्वेस्ट पठाउने र पाउनेको सम्पूर्ण विवरण सिस्टममा उपलब्ध गर्न आवश्यक रहदैन । साथै सम्पूर्ण जानकारीमा ईन्क्रिप्शन प्रविधिको प्रयोगले सम्पूर्ण भुक्तानी प्रक्रिया सुरक्षित र डाटाको गोपनीयताको ग्यारेन्टी गर्दछ।

एनसीएचएलको बारेमा
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा डिसेम्बर २००८ मा स्थापित पब्लिक लिमिटेड कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू र फाइनान्स कम्पनीहरूको शेयर स्वामित्व रहेको छ ।

प्रविधिमा आधारित बैंकिङ सेवाहरूले बैंक र वित्तीय संस्थाहरूको दक्षता, र उत्पादकत्व सुधार गर्न र ग्राहकहरूलाई नवीन वित्तीय सुविधाहरू प्रदान गर्नको लागि एनसीएचएलले प्रमुख भूमिका खेल्दै आएको छ ।

नेपालभित्र भुक्तानीलाई डिजिटलाइजेसन गरी डिजिटल भुक्तानी प्रवद्र्धनका लागि विशेष रुपमा केन्द्रित हुँदै आएको एनसीएचएलले नेपालको भुक्तानी प्रणालीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न पहल थालेको छ ।

थप जानकारीका लागिः www.nchl.com.npमा हेर्नुहोस् ।

XUNO को बारेमा
क्रस बोर्डर कारोबारका अगुवा बालकृष्ण जोशीको नेतृत्वमा स्थापना भएको, ह्ग्ल्इ पहिलो र एकमात्र समावेशी बहुपक्षीय फिनटेक प्लेटफर्म हो जसले विश्वलाई समतामूलक बोर्डरलेस अर्थतन्त्रतर्फ डो¥याउन प्रतिबद्ध छ।

उत्कृष्ट प्रविधि, लाभग्राही–मैत्री व्यवसायिक अवधारणा र इण्डस्ट्री स्ट्यान्डर्ड राइजेसनलाई आत्म साथ गर्दै XUNOले विद्यमान क्रस–बोर्डर भुक्तानी र बैंकिङ्ग सेवाहरु छिटो, पारदर्शीे र कम लागतमा प्रदान गर्न सक्षमरहने गरी कार्य गर्दै आएको छ ।

व्यक्ति, व्यवसाय, व्यापारी र वित्तीय संस्थाहरूलाई उत्कृष्ट विनिमय दरहरू,सुरक्षित बैंकिङ्ग र रियल टाइममा भुक्तानी सेवा उपलब्ध गराउँदै अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कहरूमा पहुँच प्रदान गर्दै विकाशोन्मुख तथा विकसित बजारहरू बीच विद्यमान खाडल न्यूनीकरण गर्ने प्रमुख उद्देश्य XUNOको रहेको छ।

थप जानकारीका लागिःwww.xuno.coमा हेर्नुहोस् ।