२०८१ जेठ ५ , शनिवार

राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्याँस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।काठमाडौँको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो ।

प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो । यसलाई राप्रपाको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।