२०८१ जेठ ५ , शनिवार

जनमत पार्टीका सांसद खान सवार गाडी दुर्घटना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जनमत पार्टीका सांसदसमेत रहेका पूर्वखानेपानी मन्त्री अब्दुल खान सवार गाडी कृष्णभिरमा दुर्घटनामा परेको छ।

सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको गाडी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामाले बताए।

सांसद खानको दाहिने हातमा चोट लागेको छ। साथै अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ।

उनीहरूलाई उपचारको लागि मलेखु अस्पताल पठाइएको थियो। त्यहाँबाट थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक लामाले बताए।