२०८१ बैशाख २० , बिहिवार

अभिनेत्री पूजा शर्माको शल्यक्रिया

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मेडिसिटी अस्पतालमा अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । पूजा आफैंले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् ।

आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको छ । ‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु,’ पूजाले लेखेकी छन्, ‘अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो ।’

उनले लेखेकी छन्, ‘मेरो स्वास्थ्यलाभको शुभकामनाको लागि धन्यवाद । तपाईंका दयालु सन्देशले मेरो हृदय कृतज्ञताले भरिएको छ । म भाग्यमानी छु कि मेरो जीवनमा यस्ता अद्भूत व्यक्ति छन् ।

सुस्वास्थ्य, सुख शान्ति र सदैव तपाईंको साथमा रहोस् । आमेन ।’कलाकार र विभिन्न क्षेत्रका व्यक्तिले पूजाको स्वास्थ्य लाभको कामना गरेका छन् ।