२०८१ बैशाख २० , बिहिवार

‘पुष्पा’को दोस्रो श्रृंखलाको रोमाञ्चक टिजर युट्युबमा सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फ्यानको धैर्य अन्ततः टुंगिएको छ । निर्माताले सोमबार प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको रोमाञ्चक टिजर युट्युबमा सार्वजनिक गरेका छन् ।

फिल्मको शीर्ष भूमिकामा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फाजिलको अभिनय छ । टिजरमा पुष्पराजको उही जादू र श्रीवल्लीको उही शैली प्रस्तुत गरिएको छ । यसपटक यो दृश्य थप दमदार देखिन्छ ।

सुकुमार निर्देशित यो फिल्म सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा’को सिक्वेल हो । अघिल्लो भागमा रक्त चन्दनको तस्करीबीच पुष्पराज र श्रीवल्लीको प्रेमकथा देखाइएको थियो ।

टिजर आउनुअघि अल्लु अर्जुनले फिल्मको नयाँ पोस्टर सेयर गरेर फ्यानलाई उपहार दिएका छन् । पोस्टरमा अल्लु अर्जुन आफ्नो परिचित शैलीमा देखिएका छन् । हातमा बञ्चरो लिएर सिंहासनमा बसेका छन्, सत्ता कब्जा गरेझैं ।

अल्लुले सोमबार आफ्नो ४२ औं जन्मदिन मनाउँदैछन् । यो विशेष अवसरमा टिजर रिलिज गर्ने योजना निर्माताले बनाएका थिए । ५०० करोड भारु रहेको बजेट बताइएको यो फिल्म १५ अगस्ट (साउन ३१ गते)मा रिलिज हुनेछ ।