२०८१ बैशाख ३१ , सोमवार

भरतपुर फ्ल्याट ट्रयाक रेसिङ सम्पन्न विजेता दिपेश तामाङलाई रु ५० हजार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उदधाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमणवर्ष २०२४ को प्रवर्द्धनका लागी भएको भरतपुर फ्ल्याट ट्रयाक – २०८० रेसचैत्र २५ गते आइतबार सम्पन्न भएको छ।

बागमती अटो मोबाइल्स एसोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको यस भरतपुर फ्ल्याट ट्रयाक रेसको सुरुवात नेपाल अटो मोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल र बागमती अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाको ग्रिन फ्ल्याग अफबाट भएको थियो।

टिभियास रेसिङ(TVS Racing) को आर्थिक सहयोगमा भएको यस प्रतियोगितामा दिपेश तामाङ प्रथम,विशाल दोर्जे तामाङ द्वितीय र कुशल दुलाल तृतीय भएका थिए । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सचिवडा.भीष्म कुमार भूसाल र बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य लाल भण्डारीले विजेताहरुलाई सिल्ड, मेडल, सिर्टिफिकेटका साथै क्रमशः ५० हजार ,२० हजार र १० हजार पनि हस्तान्तरण गरे ।

अन्तर प्रदेश खेलकुद प्रतियोगिताको सुरुवातका साथै भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि गरिएको यस रेसले अन्तर प्रदेश खेलकुदमा स्पोर्ट म्यानसिपको भावना बढाउनुका साथै भरतपुरमा पर्यटन बढाउने र चितवनलाई नेपालको रेसिङ हब बनाउने प्रतिबद्धता आयोजक राजन पियाले बताए।