२०८१ बैशाख २३ , आइतवार

पोखरा मोटो ईन्डुरो क्रस च्याम्पिएन्सिप २०२४ सम्पन्न, विजेतालाई डेढ लाख

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमै पहिलो पोखरा मोटो ईन्डुरो क्रस च्याम्पिएन्सिप २०२४ भब्यताका साथ सफल भएको छ । बिश्व खेलकुद दिवसको अवसर पारेर राखेको उक्त प्रतियोगितामा महिला र पुरुष गरि ५६ जना खेलाडिले भाग लिएका थिए। बनजङ्गल,खोलानाला,बासघारी,गोरेटोबाटो, बगर बालुवामा उडाउने गुडाउने सबै खालको मिश्रणले बनाइएको ५ किलोमिटरको ट्रर्याक निर्माण गर्न झन्दै ३ महिना भन्दा बढी समय लागेको आयोजकको दाबी छ ।

चैत्र २३ गते छनौट खेल खेलाएर २५ जना मेन ओपन इलाइट खेलाडिलाई छनौट गरिएको थियो भने महिलातर्फ ७ जना, ३०+ ओपन मास्टर्समा ७जना खेलाडीलाई फाइनल खेल खेलाइएको थियो । फाइनल खेल को उद्घाटन प्रमुख अतिथी माननीय ईन्दिरा रानाज्यु (उप सभामुख संघीय सम्सद) ले हरियो झन्डाले सङ्केत गरेर खेलको सुरु गर्नु भएको थियो। नेपाल अटो मोबाइलस एसोसिएसन ( नासा नेपाल ),अन्तर्रास्ट्रिय नियमक संस्था FIM , प्रदेश खेल्कुद परिषद लगायतबाट अनुबन्दित उक्त खेलमा हजारौं दर्सकका बिच राष्ट्रिय गानबाट भब्यताका साथ सुरु भएको थियो। नेपाल अटो मोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बरालले खेलाडीलाई अनुसासनको सपत ग्रहण गराइ सुरुवात भएको थियो।

महिलातर्फ ललितपुरकी बर्षा बस्नेतले टाइटल जितिन भने पुरुष–ओपन इलाइटमा काठमाडौका राजेस मगरले उपाधि हात पारे। त्यस्तै गरि महिलातर्फ दोश्रो मन्दिरा भण्डारी र पोखरामा राम्रो फ्यान फ्लो बनाएकी सुरक्षा केसिले तेस्रो स्थान हासिल गरे।  पुरुस–ओपन इलाइटमा दोश्रो हुने अन्जित बुढाथोकी थिर भने तेस्रो हुने आशुतोष धोन्जु थिए। ओपन ३०+मास्टर्समा राज शहीले पहिलो स्थान लिएका थिए भने दोश्रो हुनेमा बिकास श्रेष्ठ र तेस्रो हुने अजित बराल थिए।

बिश्वकपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताउनु भयो भने यस्ता खालका आउटडोर स्पोर्ट्सहरुले भर्खरै पर्यटनको राजधानी घोषणा भएको पोखरा र समग्र गन्डकीप्रदेशको पर्यटनमा टेवापुग्ने नेपाल अटो मोबाइल एसोसिएसन गन्डकीका अध्यक्ष शिव श्रेष्ठले बताए । प्रतियोगिता सम्पन्न बनाउन विभिन्न संघ संस्था स्पोन्सरसिप र खेल प्रेमी लगाएत खेलाडीहरुको राम्रो साथ र सपोर्ट भयो भने यस्ता खालका एड्भेन्चर खेलहरुले नेपाललाई बिश्वसामु चिनाउ धेरै कुर्नु नपर्ने प्रमुख अतिथी माननिय ईन्दिरा रानाज्युले बताए ।

उक्त प्रतियोगितामा ओपन मेल ३०+मास्टर्सको सातै जना खेलाडी र महिलातर्फ चौथो र पाचौ पुरुस मेल ओपन इलाइटका चौथो र पाचौलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर गरेको थियो ।गाइ ग्राउण्ड प्याकेजमा बन्जी जम्प,प्याराग्लाइडिङ,ब्त्ख्,जिप, फ्ल्याएर स्काइ, स्क्रीनरको फुलप्याकेज पर्दछ हाइ ग्राउण्डका दिनेस महर्जनले गिफ्ट ह्याम्पर प्रधान गरेका थिए ।पुरुषतर्फ ओपन इलाइटलाई क्रमशः १,५०,०००/-, १००,०००/-,५०,०००/-प्राप्त गरेका थिए भने महिलातर्फ काठमाडौ ललितपुरकीबर्षा बस्नेत ले १,५०,०००/-प्राप्त गरिन् । सबै निकाय र खेल प्रेमीहरुको यस्तै साथ र सहयोग भयो भने क्रमश अर्को बर्ष पनि खेलाइने कार्यक्रम निर्देशक जगत धौलीले बताए ।