२०८१ बैशाख २३ , आइतवार

आई.एम.ई. लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आई.एम.ई.लाईफ इन्स्योरेन्स कं. लि. का चिफ मार्केटि∙अफिसर (CMO) मा गणेश चौलागाई नियुक्त  भएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको थियो।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटि∙अफिसरको रुपमा नियुक्त भएको छ।नवनियुक्त चिफ मार्केटि∙अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुन र्बीमा विभाग (Re-Insurance Department), अनुसन्धान तथा विकास विभाग (Research and Development Department), बजार व्यवस्थापन विभाग(Marketing Department) र प्राईम लाइफ इन्स्योरेन्स कं लिमिटेडमा प्रदेश प्रमुख (Regional Manager), शाखा प्रमुख(Branch Manager)को रुपमा काम गरेको अनुभव रहेको छ।