२०८१ बैशाख २१ , शुक्रवार

बाटो हिंड्दै गरेका भिक्षुमाथि प्रहरीको लात्ती

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो ।

सो क्रममा बाटो हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ ।बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले भने, ‘यो विषयमा अहिले छानबिन भइरहेको छ । दोषी देखिएमा कारबाही हुन्छ ।’