२०८१ बैशाख २० , बिहिवार

‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा कथावस्तु, सेटिङ र चरित्र चित्रणबारे प्रकाश पारिएको छ ।आइतबार राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा केकी क्यारेक्टर लुक्समै उपस्थित थिइन् ।

वास्तविक घटनाक्रमलाई आधार बनाएर सुलक्षण भारतीले निर्देशन गरेको फिल्ममा कथित बोक्सीको भूमिकाका लागि केकीले जीवन्त अभिनय गरेकी छन् ।

उनको करिअरकै सशक्त चरित्र चित्रण र अभिनयको रुपमा यसलाई लिन सकिन्छ ।अन्धविश्वास र पितृसत्तात्मक सोचले जकडिएको एक नेपाली गाउँको कथावस्तु यसमा छ ।