२०८१ बैशाख २२ , शनिवार

कामना इन्टरनेशनल स्कुलमा असल अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं सानोभर्याङ स्थित कामना इन्टरनेशनल स्कुलले २०८०/१२/२४ गते शनिबारको दिन असल अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।कुनै पनि बालबालिकालाई एक असल र सफल ब्यक्ति निर्माण गर्न विद्यालय , शिक्षक शिक्षिका र अभिभावकको त्रिकोणात्मक प्रयास र भूमिका महत्वपूर्ण रहने तथ्य लाई मध्यानजर गर्दै विद्यालयले यस कार्यक्रमको आयोजना गरेको हो ।

असल बुवा आमा बन्नु र असल अभिभावक बन्नुको महत्वलाई उजागर गर्दै अधिकतम अभिभावकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।हाल देशका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरूमा पढाइ प्रतिको रूचि घट्दो छ ।विज्ञान प्रविधिको रुपमा भित्रिएका विभिन्न यान्त्रिक उपकरण , अभिभावकहरूको व्यस्त जीवनशैली , बढदो सामाजिक विकृति तथा व्यावहारिक शिक्षाको अभावमा बालबालिकाहरूमा पढाइप्रतिको उदासिनता बढ्दै गइरहेको छ ।

यसले बालबालिकहरुको सामाजिक , शैक्षिक , मानसिक तथा व्यावहारिक पक्षमा नकारात्मक असर पुर्याइरहेको छ । यस प्रकारको समस्यालाई समाधान गर्ने उद्देश्यले यस कामना इन्टरनेशनल स्कुलले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी सचेत परिवार , स्वच्छ समाज र असल अभिभावकीय जिम्मेवारी निर्माणमा सहयोग पुग्ने विश्वाश गरेको जनाए । अभिभावकले आफ्न बालबालिकाहरु सँग गर्ने व्यबहार नै बालबलिकाहरुको सिकाइको आधार बन्ने भन्दै बालबालिकाहरु सँग सधैं साकारात्मक रुपले प्रस्तुत हुने र उनिहरु सँग गरिने हरेक व्यबहार साकारात्मक भयो भने मात्र बालबालिकहरूको बृदि बिकास सकारात्मक प्रभाव पर्दछ ।

शैक्षिक शत्र २०८० को अन्त्य र नयाँ शैक्षिक २०८१ को पुर्व सन्ध्यामा वर्षभरि भरी संचालन हुने शैक्षिक , अतिरिक्त र अन्य विविध कार्यक्रमको बारेमा अबिभावकहरुलाई जानकारी गराइनुका साथै अहिलेको विज्ञान र प्रविधिको युगमा आफ्न बालबालिकाहरूलाई यसको कसरी सदुपयोग गर्ने र यसको नकारत्मक असार बाट कसरी टाढा रहने र बालबालिकाहरूको सर्वाङिण बिकासमा बिद्यालय , शिक्षक शिक्षिका र अभिभावक हरूको के कस्तो भूमिका रहन्छ भन्ने बिषयमा पनि उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रम संस्थाका अधक्ष्य /पदम प्रसाद भट्टराईको अधक्ष्यतामा भएको थियो भने कार्यक्रममा प्रशिक्षक चर्चित व्यक्तित्व ईश्वर श्रेष्ठ थियो । प्रशिक्षक श्रेष्ठले उपस्थित अभिभावकहरू लाई रमाइलो बातावरणमा सकरात्मक उर्जा प्रदान गर्न सफल हुनु भएको हुनाले उपस्थित अभिभावकहरुले उक्त कार्यक्रमबाट आफुले धेरै कुरा सिक्ने र जान्ने अवसर पाएको जानकारी गराए ।