२०८१ जेठ ५ , शनिवार

स्लोभाकिया राष्ट्रपति चुनावमा पेलेग्रिनीको जीत

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

स्लोभाकियाको तथ्याङ्क कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएको छ ।कूल मतको ९९ प्रतिशत मतगणना भइसकेको र यसबाट पेलेग्रिनीले ५३.३८ प्रतिशत र पूर्व विदेशमन्त्री इभान कोर्कोकले ४६.६१ प्रतिशत मत पाउनुभएको देखिएको छ ।

पेलेग्रिनीले सन् २०१८ देखि २०२० सम्म स्लोभाकियाको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो भने कोर्कोकले २०२० देखि २०२२ सम्म देशको विदेश मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।मार्च २३ मा भएको नौ जना उम्मेदवारहरू सम्मिलित पहिलो चरणको निर्वाचनमा कोर्कोकले ४२.५१ प्रतिशत र पेलेग्रिनीले ३७.०२ प्रतिशत मत पाउनुभएको थियो ।

स्लोभाकियाको राष्ट्रपति प्रत्यक्ष निर्वाचनमा छनोट हुने परम्परा रहेको छ । वर्तमान राष्ट्रपति जुजाना कापुटोभाको पाँच वर्षको कार्यकाल यही वर्षको जुन १५ मा सकिनेछ उहाँले यो निर्वाचनमा उम्मेदवारी दिनुभएको थिएन । मासहयोग गर्न प्रकोप सहायता सुरु गरेका छन् ।   रासस/सिन्ह्वा