२०८१ बैशाख २८ , शुक्रवार

वन प्राविधिक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका कर्ण विजयी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित हुनुभएको छ । शनिबार भएको मतदानमा कर्णले एक हजार दुई सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी विजयराज पौडेलले आठ सय ६८ मत प्राप्त गर्नुभयो ।

कर्ण प्रजाान्त्रिक वन प्राविधिक सङ्घ, मधेसका लागि वन र नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । त्यस्तै पौडेल प्रगतिशील वन प्राविधिक सङ्घ र मधेसका वनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

वनको संरक्षण, व्यवस्थापन र अध्ययनकर्ताको साझा पेसागत सङ्गठनका रुपमा रहेको सङ्घमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी १४ सदस्यीय समितिका लागि निर्वाचन भएको थियो । अध्यक्षका दुवै उम्मेदवार प्यानलसहित निर्वाचनमा होमिनुभएको थियो । कर्ण नेतृत्वको प्यानल उपाध्यक्ष र महिला सदस्यबाहेक १२ पदमा निर्वाचित भएका छन् ।

सङ्घको कार्यकाल तीनवर्ष रहेको छ । कुल तीन हजार एक सय ६७ मतदातामध्ये दुई हजार दुई सय सय मत खसेको निर्वाचन समितिका संयोजक अरुण शर्मा पौडेलले जानकारी दिनुभयो ।  रासस