२०८१ बैशाख २२ , शनिवार

एन आई सी एशिया बैंकद्वारा छुट सम्वन्धी योजना सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले२०८०पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्वन्धित

ऋणीले आफ्नो२०८०चैत्र मसान्त सम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा र कम नै२०८०चैत्र मसान्त भित्र पूर्णरुपमा चुक्ता भुक्तान गरेमा२०८०चैत्र मसान्त सम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने बैंकले जनाएको छ।

मासिक तथा त्रयमासिक किस्ता बन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनैपनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नुभएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्त रहितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनु पर्ने आजको टड्कारो आवश्यकतालाई हर सम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो।बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नु भएका ग्राहक महानुभावहरूको वित्तीय रकम गर्न केही हदसम्म भएपनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्न उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाए।