२०८१ बैशाख २२ , शनिवार

कृषि विकास बैंकद्वारा सुचारु, योग्य ग्राहकहरुले सिधै एडिबिएल स्मार्टबाट कर्जा प्राप्त गर्न सकिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बढ्दो डिजिटल प्रबिधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहलअन्तर्गत, कृषिविकास बैंक लिमिटेडले ADBLSmartPlusAppमा कर्जाको नयाँ सुविधा शुरु गरेको छ । यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ् एपबाट बिनाकुनै धितो, कुनै कागजी कार्य वाबैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्।

कृषि विकास बैंक लि मातलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ् एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि EMIआधारमा ३, ६, ९, १२ महिनातय गर्न सक्नेछन भने पूर्व भुक्तान(Pre-Payment)को विकल्प पनि रहने बैंकले जनाएको छ ।ADBL Instant Foneloanयोग्य ग्राहकहरुले BuyNow,PayLater सुविधा पनि प्राप्त गर्न सक्ने छन्। BNPL सुविधाको प्रयोग कुनै पनि Fonepayमर्चेन्टमा QR पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ ।

यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी सक्ने जनाए । त्यसैगरी ग्राहकहरुले “ConverttoEMI” सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ् एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँगADBL Instant Foneloan मा Register गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैःबैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा Software मार्फत तय गरिन्छ ।

योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ एपभित्रँ Foneloan ब्यानर र Register Buttonदेखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि Instant Foneloanका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन । यो सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये Foneloan सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।फोनलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्मा भन्छन्,“हाम्रो मुख्य लक्ष्य भनेको ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने हो। फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्ग बाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु बैंकको उद्देश्य रहेको जनाए ।

साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन् ।”यसैगरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्, “हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई सहज सुविधा प्रदान गर्ने हो।ADBL Smart Plus मा फोनलोनको सुचारु भएसंगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले २लाखसम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्नुहुनेछ।