२०८१ बैशाख २२ , शनिवार

यो साता सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

Gold

सुनाखरी न्युज/ काठमाडौं।

यो साता सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाली बजारमा यो साता  सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा सुनको मूल्य ह्वात्तै बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३० हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २९ हजार ४०० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३२ हजार ७०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ५० रुपैयाँ छ ।

यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो । साताको विहीबार सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँसम्म पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च हो । यसअघि यो मूल्यमा सुनको कारोबार भएको थिएन ।

यस्तै यो साता चाँदीको मूल्यमा समेत ह्वात्तै वृद्धि आएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता ९० रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १५ सय २५ रुपैयाँ थियो । यो साताको शुक्रबार १६ सय १५ रुपैयाँ पुगेको छ ।