२०८१ जेठ १ , मंगलबार

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

Nirbachan_nirwachan_elecion

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभा सदस्यको  इलाम-२ र बझाङ १ (१) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा  आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तापश्चता आजै साँझ नै मनोनयन सूची प्रकाशन हुनेछ ।

आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिनेछ ।