२०८१ बैशाख २२ , शनिवार

सानिमा बैंकको दराजसंग“नव बर्ष उत्सव”योजनाका लागि सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “नवबर्ष उत्सव”योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नु हुनेछ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु ५००/- सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम ७५०/- सम्मको छुट प्राप्त गर्न सक्नु हुने बैंकले जनाए।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन जनाए। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ता बन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।यो योजना२०८०,चैत्र २२ देखि २०८१, बैशाख ६ गते सम्म लागू हुनेछ ।