२०८१ बैशाख २२ , शनिवार

माछापुछ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याईरहेको माछापुछ्रे बैंक लि.ले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संगभिन्दा भिन्दै सम्झौता गरेको छ ।

फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले ग्एक्ष्(भलबदभिम बउउक को प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुछ्रे बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने बैंकले जनाए । तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर QR भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग उबचतष्अष्उबतष्लन तथा क्भततझिभलत बैंक साझेदारी समेत गरेको हो ।यस सम्झौता अनुरुप उतm सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुछ्रे बैंकमा खोलिएको कुनै पनि UPI ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिमदैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनिUPI -enabled apps प्रयोग गरेर तहां को नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ«े बैंकको UPI ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् ।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुईलाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्ने बताए ।बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण रसमग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पु¥याउने लक्ष्य लिएको जनाए ।