२०८१ जेठ ६ , आइतवार

सुनसरीमा दुई पक्षबीच झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर र अश्रुग्यास प्रहार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रुग्याँस पनि प्रहार गरेको छ ।

। कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाई फायर गरेको बताए ।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।