२०८१ बैशाख २० , बिहिवार

ग्राहकहरुको आत्मविश्वास जित्न १५ महिना वारेन्टी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अप्रैल१देखि इन्फिनिक्स मोबाइलले सबै ग्राहकलाई उत्तम गुणस्तरको आश्वासन दिने नयाँ योजना ल्याएको छ।ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा अब १५ महिनाको लामो वारेन्टी पाउँदै छ, जसले तपाईंलाई थप संतोष दिने कम्पनीले जनाए

यो नयाँ वारेन्टी योजनाले हाम्रो उत्पादनको राम्रोपन र विश्वासिलो पन देखाउँछ।इन्फिनिक्स मोबाइलले सिर्फ बिक्रीमा मात्र केन्द्रित नभएर फोनहरूको गुणस्तरमा पनि ध्यान दिने कम्पनीले दाबी गरेको छ।उपभोक्ताहरूलाई आजकल नवीनता र विश्वसनीयताको खोजी छ, र इन्फिनिक्स मोबाइलको लामो वारेन्टीले ग्राहकहरूलाई त्यो विश्वास दिने काम गर्दछ।

इन्फिनिक्स मोबाइलले स्मार्टफोन दुनियाँ भरीका उपभोक्ताका आवश्यकताहरूमा ध्यान दिएर उपभोक्ताहरूलाई सबैभन्दा नवीन र प्राविधिक उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता गर्दछ।इन्फिनिक्स मोबाइलले युवाहरूलाई उत्कृष्ट प्रविधी र अन्य थप सुविधाहरू सहितको शानदार स्मार्टफोन उपलब्ध गराउँदैछ, जसलेयुवाहरूको जीवनलाई सजिलो र सुन्दर बनाउन मद्दत गर्दछ।