२०८१ बैशाख २१ , शुक्रवार

विदेश पढ्न जाने विद्यार्थीले ८ महिनामा लगे ८० अर्ब

plane

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै ८ महिनाको अवधिमा ८० अर्ब १४ करोड रुपैयाँ वैदेशिक मुद्रा विदेशिएको छ ।

यस वर्ष सेवा व्यय गत वर्षको तुलनामा ४५।७ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाका लागि फागुनसम्म सो परिमाणमा रकम विदेशिएको हो ।

यस वर्ष सेवा व्यय १ खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यसमध्ये ८० अर्ब शिक्षामा विदेशिँदा भ्रमण व्ययमा ४२ अर्ब ६७ करोड रुपैयाँ विदेशिएको छ ।