२०८१ बैशाख २२ , शनिवार

सिटिजन्स बैंक र वोन्डर्स नेपाल प्रा.लि.बीच समझदारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलादी, काठमाडौं स्थित वोन्डर्स नेपाल प्रा. लि.(स्काई वाक) बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले स्काई वाकको टिकट खरिद गर्दा १०% सम्मको आकर्षक छुट पाउने बैंकले जनाएका छन ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।