२०८१ जेठ ५ , शनिवार

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिनुभयो ।

उहाँले अर्को एक आवाशीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताउनुभयो । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ ।खार्किबका गभर्नर ओलेग सिनेगुबोभले रसियाले बिहीबार राति कम्तीमा १५ वटा ड्रोनबाट आक्रमण गरेको भए पनि केही ड्रोन खसालिएको दाबी गर्नुभयो ।

खार्किब समेत युक्रेनका अरु शहरहरुलाई लक्षित गरी रसियाले दिनहुँ क्षेप्यास्त्र र ड्रोन मार्फत् आक्रमण गरिरहेको छ । युक्रेनी अधिकारीहरुले आफ्ना समर्थक राष्ट्रहरु समक्ष हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन माग गरिरहेका छन् । रसियाली आक्रमणबाट जोगिन उनीहरुले खासगरी अमेरिकी प्याट्रिअट सिस्टम प्रदान गर्न अनुरोध गरेका छन् ।

यद्यपी युक्रेनका लागि अमेरिकी सैनिक सहायता पछिल्लो अवधिमा कम हुँदै गएको छ । अमेरिकी तल्लो सदन कङ्ग्रेसले युक्रेनका लागि प्रस्तावित ६० अर्ब डलरको सैन्य सहायताका बारेमा निर्णय नगरेपछि अमेरिकी सैन्य सहायतामा कमी भएको हो ।रासस / एएफपी