२०८१ जेठ ६ , आइतवार

प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्।यही चैत २१ गते(बुधबार) बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत भएर काम गरेका निर्मल पनेरु १ नम्बरमा बढुवा सिफारिस भएका छन् ।

शक्ति केन्द्रमा पहुँच भएकाहरू बढुवा हुँदा काबिल भनेर चिनिएका पविन्द्रबहादुर बम, राजकुमार सिंह, चन्द्रबहादुर सिंह, योगराज खतिवडा, प्रवीण कार्की, वीरदत्त पन्त, मोहनजंग बुढथापा, गणेश सापकोटा, आशिष् अधिकारी र दिवसबहादुर जिसी लगायतका अधिकृतहरू बढुवामा छुटेका छन् ।