२०८१ बैशाख २० , बिहिवार

बलिउड गायक तथा र्‍यापर ‘मेलो डी’ नेपाल आउने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड गायक तथा र्‍यापर ‘मेलो डी’ नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर दरबार मार्गस्थित क्लब नेक्ससमा आयोजना हुने ‘मेलो डी लाइभ’ सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् ।

एल एन्ड एन एजेन्सीको आयोजना रहेको कार्यक्रममा उनले विभिन्न बलिउड गीतबाट दर्शक झुमाउनेछन् । आयोजक एल एण्ड एनका प्रबन्ध निर्देशक नितिन कायस्थले नेपालीका लागि नयाँ वर्ष विशेष बनाउन ‘मेलो डी लाइभ’ कार्यक्रम आयोजना गरिएको बताए ।

मेलो डी बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरमा पर्छन् । युवा पुस्ता माझ चर्चित उनले ‘फाइटर’ फिल्मको ‘इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ को ‘तेरे आंखे भूल भुलैया’, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चर्चित गीतहरू दिएका छन् ।