२०८१ बैशाख १९ , बुधवार

एलजीको नयाँबर्ष उपहार योजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको सबैभन्दा धेरै बिक्री हुनेअन्तरास्ट्रिय ब्राण्ड एलजीले नयाँबर्ष२०८१लाई लक्षित गर्दै “नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ” नामक योजना अघि सारेको छ ।यस योजना अन्तर्गत ग्राहक बर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु.१लाखको दुर्घटना बीमा, तथा लक्कीड्रमा एलजीओले डटिभी हरेक महिना जित्न सक्नु हुने कम्पनीले जनाएका छन ।एलजीओले डटिभी, एलजी क्युनेडटिभी, एलजीयुएच डीटिभी, साउन्डबार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४०५ सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै एलजी साइड बाइसाइड फ्रेन्चडो र रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५लिटरसम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसरकुकर, एलजी फ्रन्ट लोड वा शिङ मेसिन(१०केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्टलोड वा शिङमेसिन(९केजी सम्म)को खरिदमा ६केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वा सरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडि फायर प्राप्त गर्न  सकिने कम्पनीले जनाए।

त्यस्तै एयरसलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयरकन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन्।साथै ग्राहकहरुले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजीओलेडटि.भी. जित्न सक्नेछन्  र कुनैपनि एलजीटि.भीको खरिदमा रु.१लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्ने जनाएका छन ।ग्राहक बर्गहरुले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् ।ग्राहकहरुले लक्की ड्र र दुर्घटना बिमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टाछुट्टै क्युआरको ड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नुपर्नेछ।

यसका साथसाथै शुन्य ५ ब्याजदरमा ईएमआइ,कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड,फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाए।यो योजना चैत्र २१गते देखी नेपाल अधिराज्य भरी सिमित अवधीको लागि लागू गरिएको छ।नेपाल अधिराज्य भर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।