२०८१ जेठ ५ , शनिवार

ताइवानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ९ जनाको मृत्यु, ५० बढी बेपत्ता

Taiwan-earthquake-4-1024×614

सुनाखरी न्युज/ काठमाडौं ।
ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका हुन् ।

 

ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर बुधबार बिहान  ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अग्ला भवनहरु भत्किएका थिए भने पहाडी क्षेत्रमा पहिरो गएको थियो ।

 

ताइवानको यो भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् । यसअघि सन् १९९९ मा ७।६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

बुधबारको भूकम्पपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइए पनि पछि उक्त चेतावनी हटाइएको थियो ।