२०८१ जेठ ७ , सोमवार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

Capture

सुनाखरी न्युज/काठमाडौं ।

राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् ।

साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् ।

गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष आर्यालले पदबाट राजीनामा गरेकी थिइन् ।