२०८१ जेठ ५ , शनिवार

‘दान्भी’मा यस्तो छ पूजाको इन्ट्री

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी जेठको १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘दान्भी’ । फिल्मको काठमाडौँमा अहिले गीत र एक्सनको दृश्यको छायाङ्कन भइरहेको छ ।

फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्बिरहरू बाहिरिएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ । तस्बिर फिल्मको पूजाको इन्ट्री दृश्य भएको निर्माण युनिटले जनाएको छ ।

निर्माताले छायांकन सेटबाट फिल्मको एक महत्वपूर्ण दृश्यलाई सार्वजनिक गरेका छन् जहाँ पूजा एक्सन अवतार र बाइकर गर्लको अवतारमा देखिएकी छन् । जसको जानकारी उनले सामाजिक संजालबाट समेत दिएकी छन् ।

यो फिल्ममा पूजा र डेब्यु अभिनेता कुन्साङ बोमजोम र कलाकार किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । फिल्ममा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।