२०८१ जेठ ४ , शुक्रवार

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर,मुस्ताङका लागि प्रस्थान गरे बाइकर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मुस्ताङ सम्म पुग्नकालागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली सातदोबाटो स्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो ।

सो ¥याली आज पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुने बताए ।पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियन सिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पोखरामा आज प्रदेश सभा सदस्यप्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्व सदस्य सम्पन्न श्रेष्ठ र पोखरा महानगर खेलकुद परिषद अध्यक्ष दिपक गोदारले स्वागत गर्नेछन् ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विलटुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्टहन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।