२०८१ जेठ ४ , शुक्रवार

कांग्रेसले संसद चल्न दिने, विरोधका कार्यक्रम भने जारी

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

 

 

नेपाली कांग्रेसले  गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको मुद्दा उठाइराख्ने र केही दिन संसद पनि अवरुद्ध नगर्ने रणनीति लिएको छ ।

नेपाली कांग्रेसले आइतबार पनि सहकारीको अनियमितामा संलग्न रहेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाएको छ । तर, संसद अवरुद्ध भने गरेन ।

 

सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले २४ फागुनदेखि संसदमा प्रश्न उठाइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न नरहेको जवाफ दिएपछि कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले सांसद सञ्जयकुमार गौतमलाई बोल्न समय दिए । उनले सहकारी ठगी प्रकरणमा आफूहरुले उठाएको विषय आग्रह पूर्वाग्रह नभएको बताए ।

 

तर सरकारलाई धेरै दिन नकुर्ने कांग्रेसकी सचेतक सुशीला थिङ बताउँछिन् । जुन दिन गृहमन्त्री संसदको रोष्ट्रममा जाने कार्यसूची तय हुन्छ, त्यस दिनसम्म सरकारले उठाएका विषय सम्बोधन गरिसक्नुपर्ने उनले बताइन् ।

 

संसद सचिवालय स्रोतका अनुसार शून्य र विषय समयमा सांसदहरुले उठाएको प्रश्नको पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने छ ।