२०८१ बैशाख २० , बिहिवार

‘डिग्री माइला’द्वारा ल्यायो ‘गफाडी’ प्रतियोगिता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म हो, ‘डिग्री माइला’ । फिल्म आगामी ३० गतेदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको मुख्य पात्र दयाहाङको भूमिका रहेको डिग्री माइलामा गफाडी प्रतियोगिता घोषणा गरेको छ । प्रतिस्पर्धामा सहभागि हुन चाहनेले डिग्री माइला पात्र बनेर, आफ्नै बारेमा गफ दिएर भिडियो पठाउनुपर्नेछ ।

भिडियो अधिकतम ३ मिनेटसम्मको हुनुपर्नेछ । त्यसरी प्राप्त भिडियो मध्य उत्कृष्टले अनर ब्रान्डको मोबाइल ‘एक्स नाइन बि फाइभजी’ प्राप्त गर्नेछन् ।

भिडियो बासुरी फिल्मको फेसबुक पेज तथा इमेलमा पठाउन सकिनेछ । सहभागीले २७ गते भित्र भिडियो पठाइसक्नुपर्नेछ । सन्त्वना पुरस्कारस्वरुप ५० वटा टिकट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

पहिलो, दोस्रो र तेस्रो हुनेले विभिन्न ब्राण्डका मोबाइल पुरस्कार प्राप्त गर्ने जनाइएको छ । सन्त्वना पुरस्कारस्वरुप ५० वटा टिकट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राईसहित आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ ।