२०८१ बैशाख २० , बिहिवार

‘घर ज्वाइँ’ को पोस्टर सार्वजनिक यस्तो देखिए दयाहाङ र मिरूना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अनिल बुढा मगरको डेब्यु कथानक फिल्म ‘घरज्वाइँ’को आकर्षक क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । फिल्मका दुई शीर्ष पात्र दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

अनिल बुढा मगर निर्देशित फिल्म ‘घर ज्वाइँ’ मा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरलगायतको पनि अभिनय छ।

जनक घर्ती मगर फिल्मको निर्माता हुन्। र्देशक स्वयंको कथा रहेको फिल्ममा उनीसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद लेखन छ। पूर्वी रूकुममा छायांकन भएको फिल्मलाई फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन्। यो फिल्म असार २८ गतेदेखि प्रदर्शन हुनेछ।