२०८१ बैशाख २१ , शुक्रवार

लगातार दुई दिन नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ स्थिर रहेको छ। अघिल्लो दुई दिन अर्थात् बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

शुक्रबारको मूल्य हालसम्मकै उच्च हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।