२०८१ बैशाख २३ , आइतवार

बाढीका कारण तान्जानियामा धेरै मानिस घरबारविहीन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएको एक अधिकारीले बताएका छन् ।

नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिनुभयो ।

प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको र सरकार मानवीय सहायता प्रदान गर्र्नेे प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराउनुभयो ।बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको छ ।

रासस/सिन्ह्वा