२०८१ जेठ १ , मंगलबार

संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुग्नु दुखद्, २० जिल्लामा प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संक्रमणकालीन न्याय प्रक्रिया राजनीतिक लेनदेनको विषय बनाउन खोजिएकोप्रति चिन्ता व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १८ वर्ष पुग्न लाग्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुग्नु दुखद रहेको छ ।

यसै सन्दर्भमा पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय सम्बन्धी संसोधन विधेयकलाई पहिले मानव अधिकारमैत्री बनाउ र सोही अनुरुप मात्र प्रक्रिया अगाडि बढाउ, मानव अधिकारको गम्भीर उल्लंघन र मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई दण्ड सुनिश्चित गर, संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको विषय बनाउन पाइदैँन भन्दै २०८० चैत १७ गते शान्ति समाजका काठमाण्डौ, रुपन्देही, पाल्पा, दाङ, चितवन, सुर्खेत, ललितपुर, महोत्तरी, गुल्मी, संखुवासभा, नवलपुर, बागलुङ, तेह्रथुम, म्याग्दी, बाँके, सल्यान, बारा, कपिलवस्तु, दैलेख, कैलाली शाखाले प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागिहरुले द्वन्दकालिन मानव अधिकार गम्भीर उल्लंघनका दोषीलाई कारवाही गर, द्वन्दकालमा भएका मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई कारवाही गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष चैत १७ गते हिंसाको खारेजी र दण्डहीनताको अन्त्यमा जोड दिँदै कार्यक्रम गर्दै आएको छ ।