२०८१ बैशाख २४ , सोमवार

एनआईसी एशिया बैंकले मनायो सप्ताह व्यापी‘ग्लोबल मनी विक२०२४’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरु माझ सप्ताह व्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको‘ग्लोबल मनी विक२०२४’सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको‘ग्लोबल मनी विक२०२४’का अवसरमा यस बैंकका सातै प्रदेशका सय भन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।यस अभियानबाट मुलुक भरका ६ हजारभन्दा धैरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन्भने३०भन्दा धेरै शाखाहरुले विभिन्न विद्यालयका२५०भन्दा धेरै विद्यार्थीहरुलाई आफ्नो शाखा भ्रमण समेत गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका थिए।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए।त्यसैगरी, यस बैंकलेनेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका तथा विद्यार्थीहरु माझ वित्तीय साक्षरता, जनचेतना, वित्तीयज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान विकास गर्ने उद्देश्यका साथOrganization of Economic cooperation and Development (OECD)को संयोजनमा सन्२०१२देखि हरेक वर्ष‘ग्लोबल मनी विक विश्व भर मनाउँदै आइएको छ।यसै सन्दर्भमा नेपालमा पनि २०८० चैत ५ गतेदेखि११गतेसम्म Protect Your Money, Secure Your Future भन्ने नाराका साथ ग्लोबल मनी विकको१२औं शृङ्खला मनाइएको हो।यस विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६करोड भन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको बैंकले जनाए ।यस बैंकले पनि विगतका वर्षहरुमा समेत यसै सन्दर्भमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइएको छ।