२०८१ बैशाख २८ , शुक्रवार

संवैधानिक परिषदको बैठक बस्दै, के के छन् एजेण्डा ?

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं ।

संवैधानिक परिषदको बैठक आज बस्दै छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।

 

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।