२०८१ बैशाख १५ , शनिवार

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ पराजित

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो ।

२२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो ।

नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए ।