२०८३ बैशाख १३ , आइतवार

ukको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौंको नयाँ बजारमा स्थित अग्रणी शैक्षिक संस्था मनास्लु स्कुलले आज डिजीस्कुल नेपाल, सँग महत्वपूर्ण साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गर्यो । यो सहकार्यले मनास्लु स्कुलका बिद्यार्थीहरूलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन, युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गर्ने जनाएका छन ।

मनास्लु स्कुलले प्रगतिशील शिक्षा (Progressive Education)प्रणाली लागु गरि STEAM शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित)विषयहरुमा बिशेष ध्यान केन्द्रित गरेको छ। डिजी स्कुल कम्प्युटर पाठ्यक्रम अपनाएर, मानस्लु स्कूलले आफ्ना विद्यार्थीहरूलाई कोडिङ, कृत्रिम बुद्धिमत्ता (AI) , रोबोटिक्स, इन्टरनेट अफ थिङ्गस (IoT) लगायत सूचना प्रविधि ICT का अन्य विविध विषयको नवीनतम ज्ञान र कौशल प्रदान गर्ने बताए ।

मनास्लु स्कुलका सीइओ, नरेश प्रसाद श्रेष्ठ भन्नुहुन्छ, “हामी यो साझेदारीले ल्याउने सम्भावनाहरूबारे उत्साहीत छौं । डिजीस्कुल कम्प्युटर पाठ्यक्रमलाई हाम्रो शैक्षिक कार्यक्रममा समावेश गर्नुको प्रमुख उदेश्य अहिलेको डिजिटल युगमा हाम्रो बिद्यार्थिहरूको सफल भविष्य सुनिश्चितताका लागि समय सापेक्ष शिक्षा प्रदान गर्नु नै हों।“

नवीनतमर गुणस्तरीय समग्र शिक्षा(Holistic Education)को अनुभवबाट प्रत्येक बिद्यार्थिको प्रतिभा र अन्तर्निहित क्षमतालाई सशक्त गर्दै लग्ने मनास्लु स्कुलको प्रतिवद्धतालाई डिजीस्कुल संगको यस सहकार्यले थप पुष्टि गरेको छ ।