२०८१ बैशाख १७ , सोमवार

त्रिविले उत्तरपुस्तिका हराएका २ विषयको परीक्षा चैत्र २१ मा लिने

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएका २ विषयको परीया यही चैत्र २१ गते लिने भएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते पुन: परीक्षा लिइने उल्लेख गरेको छ।

२०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षा दिएका केही विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो।