२०८१ बैशाख १५ , शनिवार

सडक बत्तीको मिटर जडान गर्न र बक्यौता महसुल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ। प्राधिकरणले आज शुक्रबार सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न भनेको हो ।

विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणले बत्तीको महशुल तिर्नका लागि आवश्यक भए किस्ताबन्दीको सुविधा समेत दिन तयार रहेको जानकारी दिएको छ।

सडकबत्तीको ग्राहक नबन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र विनामिटर अनधिकृत तवरबाट सडक बत्ती जडान गर्नेहरुको लाइन जुनसुकै बेला काट्ने चेतावनी पनि प्राधिकरणले दिएको छ प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी छ।

गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।तर सडक बत्तीको महसुलको विषयमा प्राधिकरण र स्थानीय तहबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।