२०८१ बैशाख १७ , सोमवार

‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

घनश्याम लामिछाने निर्देशित रोमान्टिक-ड्रामा ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा साम्राज्ञी शाह, निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा फिचर्ड छन् ।

यो फिल्म जेठ २५ गते रिलिज तयारीमा छ । यात्राको क्रममा सिर्जना हुने प्रेमकथालाई चित्रण गरिएको यो फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ ।

फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ । कवीर र गरिमाले यही फिल्मबाट अभिनय करिअर थालेका हुन् ।