२०८१ बैशाख १५ , शनिवार

त्रिवि कार्यकारी परिषद् बैठक: उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

Tribhuwan-UNiversity-TU

सुनाखरी न्युज/ काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) का उत्तर पुस्तिकाहरू हराएको थियो ।