२०८१ बैशाख १५ , शनिवार

राष्ट्रियसभा उपाध्यक्ष एमालेको भागमा परेपछि अर्यालले दिइन् पदबाट राजीनामा

urmila-resign

सुनाखरी न्युज/ काठमाडौं।

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बिहिबार  उनले राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो ।

माओवादीबाट दाहाल अध्यक्ष बनेपछि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा गरेकी हुन् ।