२०८१ बैशाख १५ , शनिवार

कृषि विकास बैंक लि.ले Global Money Week बिद्यार्थिसंग कार्यक्रम संचालन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बिश्व बैंकको आहावनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाईProtect your money, protect your future लि. का प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरmड.स्वयम उपस्थित भई कृषि बिकास बैंक लि. कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरिनगरमा बित्तीय साक्षरता मिति २०८०/११/०६ मा कार्यक्रम संचालन गरेको थियो ।

विद्यालयका एघार र वाह् कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले बित्तीय साक्षरता कार्यक्रममा, वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, क्रिप्टो करेन्सी,Global Money Week सेवाहरु, बेलैमा बचत गर्ने बानीको बिकास,कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका,आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश परे ।

साथै उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले हरिनगरा क्षेत्रका कर्जाग्राहकहरुसंग कृषि बिकास बैंक लि.ले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी समेत लिए ।साथै बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत बिभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको छसो कर्यक्रमबाट करिव ५६०० छात्र छात्रा लाभान्वयित भएका बैंकले जनाएका छन ।