२०८१ बैशाख १५ , शनिवार

राम्रो शो नपाएपछि एनिमेटेड फिल्म ‘सलिना’को रिलिज स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएको छ । भोलि शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्मको अन्तिम समयमा आएर प्रदर्शन स्थगित गरिएको छ ।

‘हलले निकै कम शो दिएपछि निर्माताले पोस्टपोन्ड गर्न आग्रह गर्नुभयो । चलचित्र घरले फिल्मलाई राम्रो र उपयुक्त शो नदिएको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको निर्देशक तेजस राज जोशीले बताए । ‘चलचित्र घरले हामीलाई हेपेर बिहान र ११ बजेको शो दिएको छ’, जोशीले भने– ‘पहिलो दिनमा राम्रो र उपयुक्त शो त दिनुपर्यो नि ।’

‘सलीना’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्य पात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा आगाडि बढेको छ ।

चलचित्र सेन्सर वोर्डबाट फिल्मले यू सर्टिफिकेट पाएको छ । विशेष गरेर बालबालिका लक्षित भएपनि फिल्म सबैका लागि उपयुक्त रहेको निर्देशक तेजसराज जोशी बताउँछन् । जोशीले ६ जना साथिहरुसँग मिलेर ६ बर्ष लगाएर फिल्म निर्माण गरेका हुन् ।